​एजेन्सी दर्ता अनुमति,नविकरण​

एजेन्सी दर्ता गर्दा आबश्यक पर्ने कागजातहरु
  • १. निर्धारित ढाचाको दर्खास्त फारम र कवुलियतनामा ।
  • २. वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभाग वा कार्यालयमा दर्ता भएका प्राइभेट / साझेदारी फर्मको हकमा नविकरण भएको प्रमाणपत्रको फोटोकपी ।
  • ३. प्रा.लि., कम्पनी,लिमिटेडको हकमा कम्पनी दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र व्यापार इजाजत लिन आवश्यक पर्ने अन्य कागजातहरु।
  • ४. आयकर दर्ता प्रमाणपत्र(स्थायी लेखा नम्बर) करचुक्ता प्रमाणपत्र को प्रतिलिपि ।
  • ५. मूल्य अभिबृद्धि कर प्रमाणपत्रको प्रतिलिपि।
  • ६. विदेश वा स्वदेशका उद्योग, कम्पनी वा फर्मबाट एजेन्ट नियुक्ति गरेको पत्र ।
  • ७. एजेन्ट दिने फर्म, उद्योग कम्पनीसंग भएको सम्झौता पत्र प्रमाणित प्रतिलिपि । उक्त सम्झौता पत्रमा देहायका कुराहरु खुलाएको हुनु पर्ने
    • एजेन्ट लिएको वस्तुको विवरण ।
    • उक्त वस्तु बिक्री वितरण गर्न पाउने क्षेत्र ।
    • बिक्री वितरण गरे वापत पाउने कमिशन।
    • सम्झौता पत्रको अबधि ।
  • ८. मूल्य सूचिको विवरण ।
  • ९. सामानको क्याटलग ।
एजेन्सी नविकरणको लागि पेश गर्नु पर्ने कागजातहरु
  • १. बाणिज्य विभागमा दर्ता छ भने नविकरण हुनु पर्ने ।
  • २.त्रैमासिक प्रगति विवरण ।
  • ३. करचुक्ताको प्रमाण पत्र ।
  • ४. सम्झौता पत्रको म्याद अबाधि हुनुपर्ने ।
  • ५. कम्पनीमा दर्ता छ भने अध्याबधिक हुनु पर्ने ।
  • ६. Exim Code ।
UP
सुझाव​