वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उद्देश्यहरु

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको प्रमुख उद्देश्यहरु यस प्रकार रहेका छन् :-
  • १. बाणिज्य क्षेत्रको बैदेशिक व्यापार, अन्तर प्रदेश व्यापार लगायतका आन्तरिक व्यापार व्यवसाय व्यवस्थित, स्वच्छ एवं प्रबर्धन गर्ने र व्यापार घाटा कम हुने गरी नियमन तथा सहजीकरण गर्ने ।
  • २.बजारमा व्यवसायिक क्रियाक्लाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्ने।
  • ३.आन्तरिक तथा बैदेशिक व्यापार व्यवसायको र अत्याबश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थाको सांख्यकीय आधार (म्बतब द्यबकभ) तयार गरी बाणिज्य नीति र आपूर्ति व्यवस्था तथा उपभोक्ताको अधिकार संरक्षण सम्बन्धी नीति निर्धारणमा पृष्ठपोषण गर्ने ।

बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका रणनीतक कार्यहरूः

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रमुख रणनीतक कार्यहरूः यस प्रकार रहेका छन् :-
  • १.बाणिज्य क्षेत्रको बैदेशिक व्यापार, अन्तर प्रदेश व्यापार लगायतका आन्तरिक व्यापार व्यवसाय व्यवस्थित, स्वच्छ एवं प्रबर्धन गर्ने र व्यापार घाटा कम हुने गरी नियमन तथा सहजीकरण गर्ने उद्देश्य अन्तर्गत:
    • निकासी पैठारी गर्ने फर्म वा व्यवसायको दर्ता वा अनुमति, निकासी पैठारी संकेत नम्बर प्रदान,नविकरण, खारेजी लगायतको नियमन गर्ने,
    • निकासी पैठारी कारोबारको इजाजत वा स्वीकृतिपत्र प्रदान गर्ने,
    • बैदेशिक व्यापार अन्तर्गत सेफगार्ड, एण्टी डम्पिड, र काउन्टरभेलिड, सम्बन्धी कार्य गर्ने,
    • एजेन्सी व्यवसाय, मालसमानको बहुविधिक ढुवानी व्यवसाय, बस्तुको प्रत्यक्ष बिक्री व्यवसायको दर्ता वा अनुमति, नविकरण, खारेजी लगायतको नियमन गर्ने,
    • अन्तर प्रदेश व्यापार व्यवसायको अनुमति, नविकरण, खारेजी लगायतको नियमन गर्ने, र
    • संघ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकाय तथा संघसंस्थासंग समन्वय गरी व्यापार सहजीकरण गर्ने ।
  • २. बजारमा व्यवसायिक क्रियाक्लाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्नेे उद्देश्य अन्तर्गत:
    • अत्याबश्यक वस्तु तथा सेवाको मूल्यसूचि संकलन र बिश्लेषण गरी सार्वजनिक गर्ने,
    • बजारमा अत्याबश्यक वस्तुको माँग, आपूर्ति र स्टकको स्थिति पहिचान गरी सार्वजनिक गर्ने,
    • उपभोक्ता अधिकार र स्वच्छ व्यवसायीको सचेतना अभिबृध्दि सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने, र
    • वस्तु तथा सेवाको व्यवसायिक क्रियाक्लापको बजार अनुगमन गर्ने र अनुगमनबाट देखिएका कैफियतउपर कानून बमोजिम कारबाही गर्ने ।
  • ३.आन्तरिक तथा बैदेशिक व्यापार व्यवसायको र अत्याबश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थाको सांख्यकीय आधार (म्बतब द्यबकभ) तयार गरी बाणिज्य नीति र आपूर्ति व्यवस्था तथा उपभोक्ता अधिकार संरक्षण सम्बन्धी नीति निर्धारणमा पृष्ठपोषण गर्ने उद्देश्य अन्तर्गत:
    • विभाग र मातहत कार्यालयबाट हुने सबै प्रकारका सेवा प्रवाहमा सूचना प्रविधि तथा विद्युतीय माध्यमको प्रयोग बढाउने,
    • आन्तरिक तथा बैदेशिक व्यापारमा संलग्न व्यवसायीहरुको संख्या, व्यवसायको प्रकृति र व्यवसायिक कारोबारको विद्युतीय अभिलेखीकरण एवं विश्लेषण गरेर सार्वजनिक गरी बाणिज्य नीति निर्धारणमा पृष्ठपोषण गर्ने, र
    • अत्याबश्यक वस्तु तथा सेवाको मूल्यसूचि, माँग, आपूर्ति तथा स्टक, बजार अनुगमन र कारबाही लगायतका तथ्य तथा विबरणहरुको विद्युतीय अभिलेख तयार एवं विश्लेषण गरेर सार्वजनिक गरी आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण सम्बन्धी नीति निर्धारणमा पृष्ठपोषण गर्ने ।
UP
सुझाव​