​पृष्ठभूमि

पृष्ठभूमि २०१६ साल, पौष २० गते नेपाल गजेट भाग ४ खण्ड ९ मा प्रकाशित तत्कालीन नेपाल सरकार, उद्योग तथा वाणिज्य मन्त्रालयको सूचना अनुसार उक्त मन्त्रालय अन्तर्गत रहेका सिभिल सप्लाइज विभाग र सेन्ट्रल पर्चेज डिर्पाटमेन्टलाई समायोजन गरी वाणिज्य विभागको स्थापना भएको हो ।

समय समयमा नेपाल सरकारबाट मन्त्रालयको हेरफेर र पुनःसंरचना गर्ने क्रममा बाणिज्य विभाग कहिले उद्योग बाणिज्य मन्त्रालय त कहिले वाणिज्य मन्त्रालय र कहिले वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहने गरेको थियो। यसै क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मिति २०७२।९।२९ देखि आपूर्ति मन्त्रालय अलग्गै स्थापना भएपछि बाणिज्य मन्त्रालय अन्तर्गत पुनः वाणिज्य विभाग र आपूर्ति मन्त्रालय अन्तर्गत आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग स्थापना हुन गएको हो।

वर्तमान संविधान जारी भएपछि नेपाल सरकार (कार्यविभाजन) नियमावली २०७४ बमोजिम संघमा रहेका उद्योग मन्त्रालय, बाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालय एकिकृत भै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय बनेपछि सो मन्त्रालय अन्तर्गत रहने गरी साबिकका बाणिज्य विभाग र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग एकिकृत भै २०७५ सालमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग गठन भएको हो । शुरु स्थापना हुँदा काठमाडौंको सिंहदरवारमा रहेको यो विभाग पछि क्रमश: ज्याठा, वागबजार, बिजुली बजार हुदै वि.सं. २०५७ देखि बवरमहलमा रही आएको छ ।

Connect with us: <*/div>

Quick Links:
UP
सुझाव​