उपभोक्ता शिक्षा

उपभोक्ताहित अधिकारसम्बन्धी पाठ्यक्रम उदेश्य

कक्षाः ८
१. उपभोक्ताहित अधिकारको परिचय दिन।
२. उपभोक्ताहित अधिकार सम्बन्धमा कानूनी व्यवस्था बताउन।

कक्षाः ९
१. विश्वमा उपभोक्ताहित अधिकारको विकासक्रम बताउन।
२. नेपाल उपभोक्ताहित अधिकारको विकासक्रम र वर्तमान अवस्था उल्लेख गर्न।
कक्षाः १०
१. उपभोक्ताहितले अपनाउनुपर्ने सजगता उल्लेख गर्न।
२. उपभोक्ताहितले अधिकार सम्बन्धी काम गर्ने निकाय र अधिकारीको पहिचान गर्न।
बिस्तृत जानकारीको लागि यस लिंङ्कमा हेर्नुहोस्, धन्यवाद।

उपभोक्ता वर्गमा अनुरोध :

1. कारोबारस्थलमा साईनबोर्ड, मुल्य सुचि भए नभएको हेरौं साथै प्याकिङमा अधिकतम खुद्रा मुल्य MRP भए नभएको हेरौं । ।
2. प्याकिङ सामानमा लेवल उत्पादकको नाम, ठेगना र वस्तुको ब्याच नम्बर, तौल, उत्पादन मिति, उपभोग्य मिति हेरेर मात्र सामान खरिद गरौं।

3. उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट गरेको वा पुन: लेबलिङ गरेको वस्तु खरिद नगरौं ।
4. वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ, भण्डार विधि, उपयोग गर्ने तरिका छ/छैन हरौं ।
5. औषधि तथा औषधिजन्य पदार्थहरुको प्याकिङमा उपभोग्य मिति र प्रयोग गर्ने तरिका छ/छैन हेरौं ।
6. सामान खरिद गर्दा बिल पाउनु उपभोक्ताको अधिकार हो । वस्तु तथा सेवा खरिद गर्दा अनिर्वाय रुपमा प्यान वा भ्याट बिल लिने गरौं ।
7. अखाध्य वा कमसल उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरण भएमा स्थानीय प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा यस विभागमा उजुरी गरौं ।
8. कमसल उपभोग्य वस्तु वा सेवाको प्रयोगबाट कुनै हानी नोक्सानी भएमा सम्बन्धित जिल्ला क्षतिपूर्ति समिति मा उजुरी गरौं ।
9. व्यवसाय दर्ता गरेको व्यवसायसँग मात्र सामान खरिद गर्ने बानी बसालौं ।
10. उपभोक्ता हित विपरित कुनै कार्य भएको थाहा भएमा नागरीक खबरदाृी गरौं वा यस विभागको निम्न टेलिफन नं. ०१-४२४८१९५ मा जानकारी गराऔं ।
UP
सुझाव​